पशुपतिमा भ्रष्टाचार गरेको भन्ने आरोप दूधको दूध पानीको पानी हुने गरी छुट्याऊ : नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलको नेतामाथि लागेको आरोप दूधको दूध पानीको पानी छुट्याउन माग गरेका छन् ।

‘हामी कसरी पक्रियायामा जान सक्छौँ ? म कसरी यो आरोप बोकेर हिडौँ ? यो रापसाप नगरी हुँदैन । दूधको दूध पानीको पानी होस् । सुवास नेम्वाङले भने, दूधको दूध पानीको पानी छुट्याऊ । सुनको जलारी होइन भने कारबाही होस् । । नत्र यस्तो गलत बोल्न पाइन्छ कि पाइँदैन ? नेम्वाङले भने, ‘पित्तलको जली चढाएर भ्रष्टाचार गर्ने काम भएको गम्भीर आरोप लगाइएको छ । प्रतिपक्षी नेतामाथि यो आरोप लागेको छ । उहाँहरूले भनेपछि होला भन्ने हुन्छ । यो आरोप टाउकोमा बोकेर कसरी हिडौँ ?’