सुनको जलहरी प्रकरणमा ओली भन्छन् : जड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो बोल्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक अवरुद्ध भएको विषय जायज भएको बताएका छन्।

शुक्रबार स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई च्यासलमा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका सांसदले आफूहरूमाथि लगाएको आरोप निराधार भएकाले संसद् अवरुद्ध जायज भएको बताए।

‘आज संसद् अवरुद्ध भइरहेको छ। अस्ति मात्रै माओवादी सांसदले कोभिडमा दुई अर्ब केपी ओलीले खायो। कहाँ गयो, पशुपतिमा सुनको जलहरी भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार भयो भनेर बोले। आज त्यस विषयमा संसद अवरुद्ध छ, हुनैपर्छ संसद अवरुद्ध। यस्तो बकवास१ एउटा जड्याहाले जाँड खाएको तालमा पनि त्यस्तो बोलेर हिँड्दैन। आधारहीन, असत्य र जनतालदाई भ्रम चल्ने खालका आरोप, त्यसको कि पुष्टि हुनुपर्यो, पुष्टि हुने सम्भावना छैन्। जसले जिन्दगी भरी भ्रष्टाचारविरोधी अभियान चलाएर आएको छु। यो इमानका शत्रु र देशद्रोही तत्वहरूले वितृष्ण गराउने तत्वहरुले हो। हाम्रा विरुद्ध जे बोले पनि हुने ?,’ उनले भने।