काभा महिला भलिबल : भारत फाइनलमा

काठमाडौँ । भारत सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) अन्तर्राष्ट्रिय महिला भलिबल च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो सेमिफाइनल खेलमा भारतले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा पाखा लगाउँदै फाइनलमा पुगेको हो ।

भारतले उज्वेकिस्तानमाथि २५–१७, २५–२०, २५–१५ को सहज जित निकालेको हो । फाइनलमा भारतले नेपाल र नेपाल र काजकिस्तानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र काजकिस्तानबीच दोस्रो सेमिफाइनल खेल आजै साँझ हुँदैछ । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भइरहेको उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रले सहभागिता जनाएका छन् ।