काठमाडौं । भारतमा विपक्षी दलले समारोह बहिष्कार गरेपनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।
नयाँ संसद् भवनको उद्घाटन राष्ट्रपतिले गर्नु पर्ने विपक्षीको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोदीले आइतबार बिहान उद्घाटन गरेका हुन । तर, मोदीको विपक्षीको आग्रह अस्वीकार गरेकोमा प्रतिपक्ष दलले सरकारको आलोचना गरिरहेका छन् ।
प्रतिपक्ष दलहरूले हिन्दुत्व विचारधारा वीडी सावरकरको जन्मजयन्तीको अवसरमा संसद् भवन उद्घाटन गर्ने निर्णयको पनि निन्दा गर्दै आएका छन् । तर, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले विपक्षीको बहिष्कारलाई भने ‘लोकतन्त्रको अनादर’ भनेको छ ।
नयाँ संसद् भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्त्वाकाङ्क्षी परियोजनाको एक हिस्सा हो।
नयाँ भवनको उद्घाटन गर्दै मोदीले भारतको स्वतन्त्रताको ७५ वर्ष पछि सो संघर्षमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने ७५ रुपैयाँको नयाँ सिक्का पनि अनावरण गरेका छन् । नयाँ चार तले भवन अनुमानित ९.७ बिलियन रुपैयाँमा निर्माण भएको हो ।
लोक सभा कक्षलाई भारतको राष्ट्रिय चरा मयूरको जस्तै डिजाइन गरिएको छ भने तल्लो सदन अर्थात् राज्यसभा कक्षलाई भारतको राष्ट्रिय फूल कमलसँग मिल्दोजुल्दो बनाउन डिजाइन गरिएको छ ।
गत बुधवार प्रमुख प्रतिपक्षी कांग्रेस सहित १९ दलले उद्घाटन समारोह बहिष्कार गर्ने सामूहिक निर्णयको घोषणा गरेका थिए । उनीहरूले नयाँ संसद् भवन राष्ट्रपतिबाट उद्घाटन गराउनु पर्ने माग राखेका थिए । तर, विपक्षीको माग सम्बोधन नगरी प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ संसद् भवनको उद्घाटन गरेका हुन ।
Add Comment