सरकारका २५ संस्थान नाफामा, १९ घाटामा

फाईल तस्बिर

काठमाडौं । सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ वटा घाटामा सञ्चालनमा रहेको पाइएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण २०७९र८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन् ।

सरकारी स्वामित्वको ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा सञ्चालनमा छन्,’ मन्त्री महतले भने, ‘संस्थानहरुमा सरकारको लगानी ६ खर्ब १८ अर्ब पुगेको छ । जसमध्ये यो वर्ष करिब एक प्रतिशत लाभांश सरकारले प्राप्त गरेको छ ।’

सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको जानकारी उनले दिए । सञ्चालनमा नरहेको र सरकारले सञ्चालन गर्न आवश्यक नठानेको संस्थानहरुलाई थप पूँजी र प्रविधि भित्र्याएर निजीकरण गर्ने गरी सरकारले अध्ययन गरिरहेको पनि उनले बताए ।