विद्युत क्षमता २१ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालको कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढेको छ।

आर्थिक सर्वेक्षण २०७९/८० अनुसार २०७९ असारसम्म कुल जडित विद्युत क्षमता २१.७ प्रतिशतले बढी २६६६ मेगावाट पुगेको हो।

२०७९ असारसम्म २१९० कुल जडित विद्युत क्षमता थियो।

जसमा जलविद्युतबाट २४४९ मेगावाट, सौर्य प्लान्टबाट ७५.०४, थर्मल प्लान्टबाट ५३.४ मेगावाट, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ८२ मेगावाट छ।

त्यस्तै, चिनी र मिलबाट सह उत्पादन प्रविधिमार्फत् ६ मेगावाट विद्युत उत्पादन भएको छ।

नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा सञ्चालित विद्युत परियोजनाबाट ६६१ मेगावाट, प्राधिकरणको सहायक कम्पनीमार्फत् ४७८ मेगावाट, निजी क्षेत्रबाट सञ्चालित विद्युत परियोजनाबाट १,५२७ मेगावाट विद्युत राष्ट्रिय ग्रीडमा जडान भएको छ।