रेशम चौधरी प्रकरण : टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमतीले दिईन् सर्वोच्चमा रिट

काठमाडौं । टीकापुर हत्याकान्डमा अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने तयारीविरुद्ध मृ‌तककी श्रीमतीले रिट दिएकी छिन् ।

उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायत रिट लिएर सर्वोच्च पुगेकी हुन् ।

दर्ताका लागि रिटको अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

गणतन्त्र दिवसका दिन पारेर सोमबार चौधरीलाई आममाफी दिन आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।

चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई केही दिनअघि सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।