काठमाडौं। बर्षाका कारण आइतबार विथोलिएको इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ।
लगातारको बर्षाका कारण आइतबार चेन्नई सुपर किंग्स र गुजरात टाइटन्सबीचको खेल रिजर्भ डेमा धकेलिएको हो। आज पनि फाइनल खेल हुन नसके लिग चरणको खेलको प्रदर्शनका आधारमा हारजितको निर्णय लिइनेछ।
सोमबारको खेल पनि वर्षाबाट प्रभावित भए साबिक विजेता गुजरात टाइटन्सले उपाधि हात पार्नेछ। गुजरातले लिग चरणका १४ मध्ये १० खेल जितेको थियो भने चेन्नईले लिग चरणमा १४ मध्ये ८ खेलमा मात्र जित हासिल गरेको थियो।
Add Comment