नेपालको पहिलो महिला व्यावसायिक बक्सर बनिन् बिभिषा

काठमाडौं । बिभिषा श्रेष्ठ पहिलो नेपाली महिला व्यावसायिक बक्सर बनेकी छन्। श्रेष्ठले चार राउन्डको प्रोफेशनल बक्सिङ बाउट उपाधि हात पारेकी हुन्।

यो उपाधिसँगै श्रेष्ठ पहिलो नेपाली महिला व्यावसायिक बक्सर बनेकी छन्।

उनले स्पेसप्लस बैंककामा आयोजित हाइल्यान्ड बक्सिङ प्रमोसन्स अन्तर्गत शनिबार आयोजित चार राउन्डको प्रोफेशनल बक्सिङ बाउटमा घरेलु खेलाडी दमोन्था थानीलाई पराजित गरेकी हुन्।

यो एसियाको शीर्ष बक्सिङ प्रमोशन प्रतियोगिता मध्ये एक हो। बिभिषाले एबिसीको नियम अनुसार एटओजेड ग्लोभ्स र हेड गियर बिना चार राउन्ड प्रतिस्पर्धा गरेकी हुन् ।

हाइल्यान्ड प्रमोशन डब्ल्युबिसी, डब्ल्युबिए, एबिएफ र डब्ल्युओबीबाट मान्यता प्राप्त प्रतियोगिता हो।