अर्थतन्त्रलाई लयमा फर्काईने

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ रहेको बताएका छन् ।

संघीय संसदको दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काउन सरकार दृढ रहेको बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा निजीक्षेत्र मनोबल उच्च पार्ने र फराकिलो आर्थिक वृद्धि गर्ने खालको बजेट ल्याएको बताए ।