दोलखा र बनेपामा इन्डोर फिल्म स्टुडियो बनाइने

काठमाडौं । सरकारले सार्वजनिक-निजी साझेदारीमा दोलखा र काभ्रेको बनेपामा इन्डोर फिल्म स्टुडियो बनाउने घोषणा गरेको छ ।

बुधबार संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् । नेपालमा चलचित्र पर्यटनको विकास गर्ने उद्देश्यले ती फिल्म स्टुडियो निर्माण गर्ने उनले बताए ।

साहसिक पर्यटन तथा चलचित्र पर्यटनको प्रवर्द्धन र विकास गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ ।