४ खर्ब ५२ अर्ब रुपैयाँ ऋण लिने, साढे १२ खर्ब कर उठाउने लक्ष्य

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

१७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट कार्यान्वयनका लागि सरकारले राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ उठाउने लक्ष्य राखेको छ ।

यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड र चार खर्ब ५२ अर्ब ७५ करोड रुपैयाँ ऋण लिने भएको छ । यसमध्ये वैदेशिक ऋण दुई खर्ब १२ अर्ब ६५ करोड र दुई खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइने बजेटमा उल्लेख छ ।