वैदेशिक रोजगारीमा गएकालाई एक थान टिभीमा भन्सार छुट

काठमाडौं । सरकारले सामाजिक सुरक्षा कोषमा आवद्ध भएर वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जुनसुकै आकारको एक थान टेलिभिजनमा भन्सार छुट दिने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ल्याएको बजेटमा वैदेशिक रोजगारीमा गएर फर्किएका श्रमिकका लागि यस्तो सुविधा घोषणा भएको हो ।

तर, यस्तो सुविधा पाउन कम्तिमा एक वर्ष वैदेशिक रोजगारी गरेर फर्किएको हुनुपर्ने छ । अहिलेसम्म वैदेशिक रोजगारीमा गएर फर्किनेहरूले ३२ इन्चसम्मको टिभी ल्याउँदा भन्सारमा छुट पाउँदै आएका छन् ।