सांसद विकास कोष पाएपछि सांसदहरू वडा अध्यक्षको लेबलमा आए : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वाधार विकास साझेदार कार्यक्रम पुनः सुरू गरिएपछि सांसदहरू वडाध्यक्षको तहमा आएको तर्क गरेका छन्।

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार बजेट वक्तव्यका क्रममा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि ५ करोड विनियोजन गरेको बताए सँगै मेयर बालेनले यस्तो टिप्पणी गरेका हुन् ।

‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो,’ उनले सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्, ‘वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीयज्यूहरूरु’

सांसद विकास कोषको लागि ८ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरिएको महतले बताएका थिए।