काठमाडौं । धादिङमा भीरबाट लडेर आमा-छोराको निधन भएको छ।
बेनिघाट रोराङ गाउँपालिका-२ जौलाखाइस्थित कात्तिके चुली जंगलमा घाँस काट्न जानेक्रममा भीरबाट लडेर आमा-छोराको निधन भएको हो।
सोमबार अपराह्न साढे ५ बजे सोही ठाउँकी १९ वर्षीया अप्सरा चेपाङ आफ्ना २ वर्षीय छोरा साजनसँग जंगलमा घाँस काट्न गएकी थिइन्।
त्यही बेला चिप्लिएर बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तु जैसवालले जानकारी दिए।
उनका अनुसार अप्सरा भने गम्भीर घाइते भएको र उपचारको लागि मलेखुको टिचिङ अस्पताल ल्याइएको थियो।
उनको पनि राति ९ बजेतिर अपतालमा मृत्यु भएको डिएसपी जैसवालले बताए।
Add Comment