काठमाडौं । सर्भरमा समस्या आएको भन्दै राष्ट्रिय परिचयपत्र वितरणको काम दुई दिनदेखि रोकिएको छ । जसका कारण हजारौं सेवाग्राही अहिले अलपत्र परेका छन् ।
सरकारले वितरण गर्ने उक्त परिचयपत्रको आधारमा अन्य सरकारी कागजात बन्ने भएकाले दुई दिनदेखि सर्भरमा समस्या आएको भन्दै नियामक निकाय पन्छदै आएको छ ।
अहिले देशभरकै सर्भर डाउन भएको भन्दै ७७ वटै जिल्लाका प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र बनाउने काम बिहीबारबाट रोकेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम उपाध्यायले सर्भर डाउन हुँदा सयौँ सेवाग्राहीलाई सेवा दिन नसकेकोमा आफू दुःखी भएको बताए ।
सिंहदरवारभित्र रहेको मुख्य सरोवरमा नै समस्या आएको कारण देशभरको सेवा रोकिँदा पनि सरकारले उक्त समस्याको समाधान गर्न आलटाल गरेको आरोप सेवाग्राहीले लगाएका छन् ।
जनताकालागि के के न गछौं भन्ने सरकारले एउटा सानो समस्या समाधान गर्न नसक्नेले ठुला कुरा गर्नुको अर्थ नभएको जिल्ला प्रशासन कार्यालय काठमाडौका भेटिएका मदन दाहालले बताए ।
बिहीबारदेखि बिग्रिएको सरोवर कहिले बन्छ भन्ने टुंगो छैन । देशभरका जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयले सर्भर बनेपछि मात्रै राष्ट्रिय परिचयपत्र बनाउन आउन भन्दै सेवाग्राहीलाई फर्काउदै आएको छ ।
Add Comment