जन्मकैदको सजायमा आममाफी पाएका चौधरीले गरे सरकारी गाडी दुरुपयोग

काठमाडौं । टीकापुर हत्यामा मुख्य योजनाकार भएको ठहर गर्दै तीनै तहका अदालतबाट आजीवन जन्मकैद पाए पनि राष्ट्रपतिबाट आममाफी पाएका पूर्वसांसद रेशम चौधरीले सरकारी गाडी दुरुपयोग गरेका छन् ।

चौधरीले हालै सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ। नागरिक उन्मुक्ति पार्टीका संस्थापकसमेत रहेका चौधरीले टीकापुर नगरपालिकाको गाडी प्रयोग गरेका हुन्। बुधबार नगरपालिकाको गाडी लिएर उनी कैलाली कारागार पुगेका हुन्। जहाँ उनले सँगै जेल परेकाहरूलाई भेटे। चौधरी टीकापुर नगरपालिकाको से१झ २९४ नम्बरको गाडीमा कारागार पुगेका थिए।

चौधरी गणतन्त्र दिवसका दिन बिहानै राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका थिए।

थरुहट संघर्ष समितिले २०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो।

सोही घटनाका मुख्य योजनाकार रहेको ठहर गर्दै नेपालका तीनै तहका अदालतले उनलाई दोषी ठहर गरेको थियो।