प्रधानमन्त्री प्रचण्ड भारतको उज्जैनमा

काडमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)  मध्य प्रदेशको उज्जैन पुगेका छन्। महाकालेश्वर मन्दिरको दर्शन र विशेष पूजा गर्न प्रधानमन्त्री दाहाल उज्जैन पुगेका हुन्।

महाकालेश्वर मन्दिरमा प्रधानमन्त्री दाहालले १ सय ८ किलोको रुद्राक्ष चढाउने कार्यक्रम रहेको छ। यस अघि प्रधानमन्त्री दाहाल मध्य प्रदेशको आर्थिक राजधानी इन्दौरमा उत्रिएका थिए। जहाँ उनलाई मुख्यमन्त्री शिवराज सिंह चौहानले परम्परागत रुपमा भव्य स्वागत गरेका थिए।

इन्दौर विमानस्थलमा उनलाई स्वागत गर्ने क्रममा ठूलो संख्यामा नेपाली मुलका भारतीय नागरिकहरु पनि उपस्थित थिए। प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापन कार्यको पनि अवलोकन गरेका छन् ।