करोडौंको लगानिमा निर्माणाधीन पुल चर्किएपछि भत्काइयो

काठमाडौं । निर्माण व्यवसायीहरुको लापरवाहिले गर्दा अहिलेको समयमा प्राय निर्माणाधिन संरचनाहरु लामो समयसम्म नटिक्ने, निर्माण गरेको केहि समयमानै चर्किने भत्किने गरेको पाईएको छ ।

हो त्यस्तै भएको छ अहिले जुम्लामा । जुम्लामा साढे ११ करोड लागतको निर्माणाधीन पुल चर्किएपछि भत्काइएको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिका जोड्ने नाग्मस्थित हिमा नदीको पक्की पुल अन्तिम समयमा आएर चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले जानकारी दिए । उनका अनुसार सूर्य कन्स्ट्रक्सनले आफ्नै खर्चमा पुनः ढलान गर्ने गरी भत्काइएको हो ।

पछिल्लोपटक असार मसान्तसम्मका लागि म्याद थप भए पनि पुल चर्किएपछि सडक विभागले तीन सदस्यीय समिति गठन गरेर स्थलगत अनुगमन गरेको थियोसाढे ११ करोडको निर्माणाधीन पुल चर्किएपछि भत्काइयो ।

जुम्लामा साढे ११ करोड लागतको निर्माणाधीन पुल चर्किएपछि भत्काइएको छ । कर्णाली राजमार्गअन्तर्गत कालिकोटको तिलागुफा नगरपालिका र जुम्लाको तिला गाउँपालिका जोड्ने नाग्मस्थित हिमा नदीको पक्की पुल अन्तिम समयमा आएर चर्किएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोपनारायण पौडेलले जानकारी दिए । उनका अनुसार सूर्य कन्स्ट्रक्सनले आफ्नै खर्चमा पुनः ढलान गर्ने गरी भत्काइएको हो ।

पछिल्लोपटक असार मसान्तसम्मका लागि म्याद थप भए पनि पुल चर्किएपछि सडक विभागले तीन सदस्यीय समिति गठन गरेर स्थलगत अनुगमन गरेको थियो । कमसल निर्माण सामग्री र अदक्ष जनशक्तिमार्फत निर्माण गरिएकाले पुल चर्किएको पाइएपछि पुनः निर्माण गर्ने गरी पुलको पूरै संरचना भत्काइएको हो ।

११ करोड ३१ लाख लागतमा ०७५ चैतमा सम्पन्न गर्ने गरी ३० कात्तिक ०७४ सूर्य कन्स्ट्रक्सनसँग सम्झौता भए पनि यसबीचमा चार पटक म्याद थप गरेर ६ वर्ष लम्ब्याइएको थियो । लागत साढे ११ करोड रहे पनि ठेकेदार कम्पनीलाई ६ करोड ९९ लाख भुक्तानी गरिसकिएको छ । छेउका पिल्लर पुरानै कायम हुने गरी पूरै ढलान नयाँ गरेपछि पूरै भुक्तानी दिने गरी ग्यारेन्टीबापतको ७९ लाख रकम सडक डिभिजन कार्यालयको खातामा छ । पक्की पुल नहुँदा बेलिब्रिज पुलबाट सवारीसाधन आवतजावत भइरहेका छन् ।  । कमसल निर्माण सामग्री र अदक्ष जनशक्तिमार्फत निर्माण गरिएकाले पुल चर्किएको पाइएपछि पुनः निर्माण गर्ने गरी पुलको पूरै संरचना भत्काइएको हो ।

११ करोड ३१ लाख लागतमा ०७५ चैतमा सम्पन्न गर्ने गरी ३० कात्तिक ०७४ सूर्य कन्स्ट्रक्सनसँग सम्झौता भए पनि यसबीचमा चार पटक म्याद थप गरेर ६ वर्ष लम्ब्याइएको थियो । लागत साढे ११ करोड रहे पनि ठेकेदार कम्पनीलाई ६ करोड ९९ लाख भुक्तानी गरिसकिएको छ । छेउका पिल्लर पुरानै कायम हुने गरी पूरै ढलान नयाँ गरेपछि पूरै भुक्तानी दिने गरी ग्यारेन्टीबापतको ७९ लाख रकम सडक डिभिजन कार्यालयको खातामा छ । पक्की पुल नहुँदा बेलिब्रिज पुलबाट सवारीसाधन आवतजावत भइरहेका छन् ।