आज कतिमा कारोबार हुदैछ सुनचाँदी ?

काठमाडौँ । आज सुनचाँदीको मूल्य स्थिर कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।