मैले कहीँपनि सीमाबारे यो विकल्प हुन्छ भनेको छैन : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सीमाबारे कहीँपनि विकल्प नदिएको बताए । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधामन्त्री दाहालले सीमाबारे विकल्प यो हुन्छ भनेर प्रस्तावित नगरेको स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री दाहाले भने ‘मैले कहीँपनि विकल्प यो हुन्छ र यसमा जाउँ भनेर प्रस्तावित गरेको छैन । हामीले भनेका छौँ कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमिका हो । नेपालको भूमि हो भन्ने कुरा स्थापित कुरा सबैभन्दा ठूलो कुरा हो भन्नेमा म स्पष्ट छु ।’

प्रधानमन्त्री दाहालले सोहीअनुसार आफ्नो भूमिका खेलेको बताउदै सिधा तथ्य भएको कुरालाई नघुमाउन पनि अनुरोध गरे ।