सिटिबिटिओका कार्यकारी सचिव र कानुनमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र वृहत परमाणु परीक्षण प्रतिबन्ध सन्धि संस्था (सिटिबिटिओ) का कार्यकारी सचिव डा. रोबर्ट फ्लोयडबीच भेटवार्ता गरेका छन् ।

भेटका क्रममा कानुन मन्त्रीले नेपाल र संयुक्त राष्ट्र संघबीच प्रणाढ सम्बन्ध रहेको धारणा व्यक्त गर्नुहुँदै वृहत परमाणु परीक्षण प्रतिबन्ध सन्धि (सिटिबिटी) मा सन् १९९६ मा हस्ताक्षर गरेको तर अनुमोदन गर्न बाँकी रहेको जानकारी गराउनुहुँदै नेपाल सरकारले उक्त सन्धिको अनुमोदन प्रक्रिया चाँडै नै अघि बढाउने जानकारी दिए ।

त्यस्तै, कार्यकारी सचिव फ्लोयडले कानुन मन्त्रीलाई बधाई ज्ञापन गदै सफल कार्यकालको शुभकामना व्यक्त गरे । सोही अवसरमा कार्यकारी सचिव फ्लोयडले यस सन्धिलाई नेपालले समयमै अनुमोदन गर्नु राम्रो हुने धारणा व्यक्त गरे ।