बाटोका लागि नेपाली जमिन सट्टापट्टा गर्न नमिल्ने : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशसँगको बाटोका लागि नेपाली जमिन सट्टापट्टा गर्न नमिल्ने बताएका छन्। उनले भने, बंगलादेश जाने बाटो, पारवहनको विषय सट्टापट्टाको विषय होइन यो अधिकारको विषय हो ।

बंगलादेश मोडलु कसैलाई जमिन दिएर लेनदेन नभएको र भारत र बंगलादेश आआफ्नो भूभागकै विवादमा रहेको उनको तर्क थियो। ओलीले नेपालको एक टुक्रा जमिन पनि अर्कालाई दिने विषयमा सोच्नै नसकिने बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा पारवहनका लागि नेपालको कालापानी लिपुलेक साट्न सकिने विषयमा छलफल भएको बताएका थिए। ओलीले उक्त छलफल नै गलत भएको बताएका हुन्।

अध्यक्ष ओलीले भने, यस्तो कुरा कहिँको संविधान र कानुनमा हुदैँन । तथ्य प्रमाणका आधारमा छलफल गर्न सकिने बताउँदै ओलीले सुगौली सन्धीभन्दा अर्को प्रमाण नचाहिने बताए।

ओलीले प्रचण्डको भारत भ्रमण फितलो भएको टिप्पणीसमेत गरे। उनले कालापानी र लिपुलेक नेपालको संविधानले नै प्रमाणीकरण गरिसकेको बताए। उनले द्विपक्षीय वार्तामा विभिन्न खालका प्रमाण देखाउन सकिने बताउँदै जबरजस्ती गरेर कालापानी लिपुलेकलाई विवादास्पद बनाउन खोजिएको आरोप लगाए।

सीमाना मिचिने हामी बोल्न नमिल्ने। सीमाना भन्दा वर आएर भारतीय फौज बस्यो भन्न नसक्ने ? ओलीले प्रश्न गर्दै भने। भारतले मुर्रा राँगो दिएको विषयमा प्रचण्डमाथि व्यङ्ग्य गर्दै उनले आफू किशोर हुँदा भैँसीमा चढेर चराएको बताए। रेकर्डमा राख्न नराख्नु सभामुख ज्यू। हाम्रो तराइमा त चढ्छन् चराउछन् उनले भने।

ओलीले विवाद यी कुरामा होइन। राँगाका पिठीमा जडेर आएकी। राँगा नाम गरेको प्लेनमा चढेर आएकी। यो विवादको विषय होइन। भारतमा फितलो भ्रमण गर्नुभो नेपालको गौरव हुनेगरि भ्रमण गर्न सक्नुभएन उनले भने।