जंगलमा गाडेको अवस्थामा शव फेला

काठमाडौँ । कैलालीमा सामुदायिक वनमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

गौरीगंगा नगरपालिका–२ की २७ वर्षीया कविता बुढाको शव घर नजिकैको सामुदायिक वनमा गाडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

प्रहरी निरीक्षक साउदका अनुसार कविताको शव केदारेश्वर सामुदायिक वनमा गाडिएको अवस्थामा भेटिएको हो ।

उनका परिवारले उनी हराएको भन्दै सोमबारमात्र खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए । उनको कसैले हत्या गरेर शव गाडेको हुनसक्ने प्रहरीले बताएको छ । घटनाबारे अनुसन्धान जारी छ ।