इतिहासकै खतरनाक जासुस भनेर चिनिएका रोबर्ट मृत फेला

काठमाडौँ । अमेरिकी इतिहासकै सबैभन्दा खतरनाक जासुस भनेर चिनिने रोबर्ट ह्यान्सन मृत फेला परेका छन् । एफबीआईका पूर्व एजेन्ट ह्यान्सन कालोराडोस्थित जेलभित्र मृत फेला परेका बीबीसीले जनाएको छ ।

१२ जनवरी १९७६मा एफबीआई अफिसरको रुपमा काम गरेका ह्यान्सनले करिब २० वर्षसम्म रुसको लागि जासुसी गरेका थिए । यो अवधिमा रुसले ह्यान्सनको खातामा १४ लाख डलरभन्दा बढी रकम ट्रान्सफर गरिदिएको र हिरा दिएको बीबीसीमा उल्लेख छ ।

सन् १९९४ मा एफबीआईले जासुस एल्ड्रिच हेजेन एम्सलाई पक्राउ गरेपछि ह्यान्सनको पनि संलग्नता खुलेको थियो ।

सो कुराको पुष्टि भएपछि अदालतले उनलाई सन् २००२ मा आजीवन काराबासको सजायँ सुनाएको थियो । ह्यान्सनको मृत्युको कारण पुष्टि हुन सकेको छैन ।