धनगढी उडेको जहाज किन फर्कियो काठमाडौं ?

काठमाडौं ।  धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको छ।

श्री एयरलाइन्सको जहाज मंगलबार बिहान ८ : १० मा काठमाडौंबाट धनगढीका लागि उडेको थियो। तर उडेको केही समयपछि जहाजमा समस्या आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए।

उनका अनुसार जहाजमा प्रेसराइजेसन सिस्टममा समस्या आएको थियो। जहाज साढे ८ बजे काठमाडौंमा सकुशल अवतरण भएको थियो।

यात्रुहरूलाई अर्कै जहाजमा राखेर धनगढी पठाइसकेको उनले जानकारी दिए।