आज घट्यो सुनचाँदीको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीवार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोलामा एक हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै आज तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँ कायम भएको छ ।

बिहीवार चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी स्थिर रहँदै तोलाको १ हजार ४२० रुपैयाँ कायम भएको थियो ।