तराईमा अझै केही दिन तातो हावा चलिरहने, कस्तो छ त अन्यत्रको मौसम ?

प्रतिकात्मक तस्बिर

काठमाडौं । पछिल्ला दिनमा गर्मी अत्याधिक बढिरहेको छ र अझै केही दिन यस्तै गर्मी जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

तराईका भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने भएका कारण तातो हावा चलिरहने महाशाखाको भनाइ छ । कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक र दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।