राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका एक ल्याब टेक्निसियन ५० हजार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत छैठौं तहका ल्याब टेक्निसियन लेखनाथ भट्टराईलाई पक्राउ गरेको हो।

सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिँदै गर्दा उनलाई शंखुमलबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

उनले ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरि दिने भन्दै ५० हजार घुस लिएको अख्तियारले जनाएको छ।