प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा मुद्दा दर्ता भए राजीनामा आउँछ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न आदेश भएको छ । लेलिन विष्ट वर्तमान प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराई विरुद्ध मुद्दा दर्ता गर्न खोज्दा दर्ता हुन सकेको थिएन । अहिले सर्वोच्च अदालतको आदेश पश्चात भने मुद्दा दर्ताको ढोका खुल्ला भएको छ ।

यसअघि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको मुद्दा सर्वोच्चका न्यायाधीश डाक्टर आनन्ददमोहन भट्टराईको इजलासले दर्ता गर्न आदेश दिएको हो । जन युद्धको क्रममा बालसेना प्रयोग गरेको भन्दै लेनिन विष्टले अव मुद्दा दर्ता गरेपछि दाहालले प्रधानमन्त्री दाहालले राजीनामा दिन्छन् कि दिँदैनन् ।

विष्टले बालसेनाको प्रयोग अन्तराष्ट्रिय मानवीय कानुनविपरीतको कार्य भन्दै रिट हालेका थिए । तर उक्त रिटलाई प्रशासनले दरपीठ गरिदिएपछि विष्टले दर्ताका लागि अन्तरिम आदेश माग गरेका थिए । यस अघि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध नागरिकता विवादमा मुद्दा परे लगतै राजीनामा दिनु परेको थियो । रवि लामिछानेको पद जाने पुष्पकमल दाहाले पद किन नजाने भन्ने प्रश्न यतिखेर उब्जिन थालेको छ ।