प्रधानमन्त्रीले पशुपतिनाथ दर्शन गरेपछि बाबुरामले के भने ?

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपतिनाथ मन्दिरको दर्शनका बिषयमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रश्न उठाएका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उद्देश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन् ।

‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ भट्टराईले प्रचण्डको पशुपति दर्शनको तस्बिर राख्दै लेखेका छन्, ‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृङ्खलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’