बैंकको कर्मचारी भन्दै विभिन्न बहानामा ओटीपी कोड मागेर ठगी

काठमाडौं । बैंकको कर्मचारी भन्दै ओटीपी कोड मागेर ठगी गर्नेबाट सचेत रहन बैंकहरूले आग्रह गरेका छन् । एक सूचना जारी गर्दै बैंकहरूले बैंकको कर्मचारी भनेर विभिन्न बहानामा ओटीपी कोड मागेर ठगी भइरहेकाले सावधान हुन आग्रह गरेका हुन् ।

पछिल्लो केही समयता अनाधिकृत व्यक्तिहरूले बैंकको कर्मचारी भएको र केवाईसी अपडेट गर्ने लगायत विभिन्न बहाना बनाउदै वा प्रलोभन देखाई सोको लागि सम्बन्धित ग्राहकलाई मोबाईलमा आएको नम्बर (OTP) मागी ठगी गर्ने गरिएको पाइएको छ ।

ठगी गर्ने गरिएको पाइएपछि विभिन्न बैंकहरूले सूचना निकाल्दै बैंकहरूले ओटीपी कोड कसैलाई नदिन सचेत गराएका छन् ।

खाताको विवरण, कार्ड नम्बर, एक्ष्ल्, मोबाईलमा तथा ईमेलमा आउने इत्ए जस्ता संवेदनशील सूचनाहरु कसैलाई पनि नदिन बैंकहरूले ग्राहकसँग अनुरोध गरेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९\८० को जेठ २० गतेसम्म ओटीपी कोड प्रयोग गरेर ठगीमा परेको भन्दै १०६ जनाले निवेदन दिएका छन् ।