रेग्मी र फुयालको संयुक्त इजलासमा नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइको लागि न्यायाधीशद्धय हरिप्रसाद फुयाल र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।

गत जेठ १७ गते गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयमा प्रमाणीकरण भएको नागरिकता विधेयकविरुद्ध वरिष्ठ अधिवक्ताद्धय बालकृष्ण न्यौपाने र सुरेन्द्र भण्डारीले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

न्यौपाने र भण्डारीको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तत्काल उक्त ऐनलाई यथास्थितिमा राख्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो ।

आजको सुनुवाइमा अल्पकालिन आदेशलाई निरन्तरता दिने नदिने बारेमा निर्णय हुनेछ ।