चुनावअघि गठबन्धन गर्दा पार्टी प्रतिको विश्वास डगमगायो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनावअघि नै गठबन्धन गर्दा पार्टी प्रतिको विश्वास डगमगाउने अवस्था आएको बताएका छन् ।

कांग्रेस मकवानपुरको हेटौंडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले यो धारणा राखेका हुन्।

‘कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्छौं तर अब कसैसँग सम्झौता गर्दैनौं। चुनावअघि नै गठबन्धन गर्दा पार्टी प्रतिको विश्वास डगमगाउने अवस्था देखियो,’ उनले भने।

उनले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गरे।