पशुपति जलहरी प्रकरण : भ्रष्टाचार गरेको छैन भन्दै घुक्क घुक्क रोए थापा

काठमाडौं । पशुपतिमा सुनको जलहरी लगाउँदा १० किलो सुन गायब पारेको भनेर अनाहकमा आफ्नो बदनाम गरेको भन्दै पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापा घुक्क घुक्क रोएका छन् । आज राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा सदस्यसचिव थापाले घुक्क घुक्क रुँदै आफ्ना कुरा राखे ।

उनले यात सुन चोरी गरेको प्रमाणित गरेर आफूलाई फाँसी दिन अन्यथा बदनाम नगरिदिन आग्रह गरे । ‘म कमजोर हैन । राज्यले कमजोर बनायो । सुन चोर भनेर मिडियामा निकालिदिन्छन् । मेरो घरमा दुईवटा बच्चा छन्’, थापाले रुँदै भने, ‘के हामीले भ्रष्टाचार गरेको हो रु यदि हो भने प्रमाणित गरेर कालकोठरीमा जाकियोस् हैन भने बदनाम नगरियोस् ।’

उनले एउटा सामान्य माला किन्न घण्टौँ लाइन बस्नुपर्ने पशुपतिमा दश किलो सुन कसैले खान नसक्ने जिकिर गरे । ‘भगवान शिव सुन लाउने, बदनाम हामी हुने’, उनले भने, जुनदिन जोखेर सुन पुग्दैन म कालकोठरीमा जान तयार छु ।’