उरुग्वेले जित्यो यू-२० विश्वकप उपाधि

काठमाडौं । उरुग्वेले सोमबार बिहान भएको फाइनलमा इटलीलाई १-० ले पराजित गर्दै पहिलो पटक यू-२० विश्वकप जितेको छ ।

उरुग्वेका लागि लुसियानो रोड्रिगेजले ८६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए ।त्यही गोल नै उरुग्वेलाई उपाधि जिताउन निर्णायक बन्यो ।

यसअघि १९९७ र २०१३ मा उपविजेता बनेको उरुग्वे तेस्रो प्रयासमा उपाधि जित्न सफल भएको हो । अर्जेन्टिनाले सर्वाधिक ६ र ब्राजिलले ५ पटक यू-२० विश्वकप जितेका छन् ।