आज बढ्यो सेयर बजार

काठमाडौं । आज मंगलबार सेयर बजार बढेको छ । आज नेप्से परिसूचक ३४ १७ अंकले बढेको हो ।

यस दिन नेप्से १.७२ प्रतिशतले बढेर २०२०. ६४ बिन्दुमा बन्द भएको छ।

मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

गत कारोबार दिन २ अर्ब ८८ करोड ६५ लाख ९ हजार ४१५ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४३ रुपैयाँ पुगेको छ।

यस दिन २७० वटा धितोपत्रको १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर किनबेच भएको हो।

मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यसदिन वीन नेपाल लघुवित्तको सेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ८८० रुपैयाँ पुगेको छ।

भूगोल इनर्जी र सिटी होटलको सेयर मूल्य ९.९७ प्रतिशतका दरले बढेर प्रतिकित्ता मूल्य क्रमशः २९६ रुपैयाँ ७० पैसा र १४७ रुपैयाँ ८० पैसा पुगेको छ।

यसैगरी, प्रभु स्मार्ट फण्डको इकाइ मूल्य सर्वाधिक ३.९३ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३१ पैसामा झरेको छ।

यस्तै, सिटीजन्स म्यसचुअल फण्ड २ को इकाइ मूल्य ३.१७ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९४ पैसामा सीमित भएको छ।