उपचारपछि राष्ट्रपति शीतल निवासमा

काठमाडौं । मुटु रोगको उपचारपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएर आज शीतल निवास फर्केका छन् ।

बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा हिजो भर्ना हुनुभएका राष्ट्रपति आज शीतल निवास फर्केका हुन् ।

उनको मुटुको दाहिनेतर्फको बन्द भल्भ हिजो खोलिएको हो । २४ घण्टापछि आज बिहान उनलाई आराम गर्ने सल्लाहसहित डिस्चार्ज गरिएको जनाइएको छ ।