चीनमा चार महिना उपचार गराएर पुन नेपाल फर्किँदै

काठमाडौं । चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार नेपाल फर्किने भएका छन्।

उपचारका लागि गत फागुन १ गते चीन गएका पुन चार महिनापछि नेपाल फर्किन लागेका हुन्।

पुन असार १ गते बिहान ११ : ५ बजे एयर चाइनाको जहाजबाट काठमाडौं आउने उनका प्रेस संयोजक दयानिधी भट्टले बताए।

वंशाणुतग रूपमा रहेको जन्डिसको उपचारपछी उनी स्वदेश फर्किन लागेका हुन्।उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको थियो।

पुनको बिलरुविन बढेर ४० पुगेको थियो । अहिले १ दशमलव ५ मा झरेको छ।