द्वन्द्वकालीन मुद्दा बल्झाएर देशलाई पुनः द्वन्द्वमा धकेल्न केही शक्तिको चलखेल भयो : भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दालाई बल्झाएर अदालतमा पुर्‍याउनु देशलाई पुनः द्वन्द्वमा धकेल्ने षडयन्त्र भएको बताएका छन् ।

गृहजिल्ला पुगेका भट्टराईले सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा भने, ‘यो घटना एक प्रकारको पुरानो घाउहरूलाई कोट्याई रहेर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिको चलखेल हो । त्यसैका लागि यसमा केही पात्रहरूलाई उभ्याइएको छ ।’

विस्तृत शान्ति सम्झौताले यसलाई सम्बोधन गरिसकेको जनाउँदै भट्टराईले बाँकी रहेको काम सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्तासम्बन्धी छानबिन आयोगमार्फत छिटोभन्दा छिटो हल गर्ने बताए । ‘द्वन्द्वका प्रत्येक कुरालाई कोट्याएर मुद्दा मामिलामा गयौँ भने त्यसको अर्थ फेरि देशलाई द्वन्द्वमा लैजाने भन्ने कुरा हुन्छु, उनले भने, ‘त्यो अत्यन्त गैरजिम्मेवार कुरा हो ।’

सरकारले ल्याएको बजेट एवं नीति तथा कार्यक्रमले उल्लेख्य उत्साह ल्याउन नसकेको भट्टराईको टिप्पणी छ । ुधेरै दल मिलेर बनेको सरकार छ, मन्त्रालय पनि फरक फरक दललाई छु, उनले भने, ‘थोरै यताउति हुँदा सरकारबाट कुनै दलले समर्थन फिर्ता लिँदा सरकार ढल्ने अवस्था पनि आउन सक्ने भएकाले सरकारको नेतृत्वले चाहेको जस्तो बजेट आउन नसक्नु स्वाभाविक नै हो ।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना नेपाल आफैँले बनाउनुपर्नेमा जोड दिए ।