पाकिस्तानका राजदूत निबन्ध लेखन एवं वक्तृत्वकला सम्पन्न

काठमाडौं । काठमाडौं स्थ्तिि पाकिस्तानी राजदूतावास १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौं वार्षिक राजदूत अफ पाकिस्तान भाषण प्रतियोगिताको पुरस्कार वितरण सम्पन्न गरेको छ ।

‘सार्क’ कसरी सदुपयोग गर्न सकिन्छ क्षेत्रीय समृद्धि’ भन्ने विषयबस्तुमा आधार रहेर सो प्रतियोगिता भएको थियो । त्यस्तै ‘हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव , दक्षिण एसियामा साझा चुनौती’ विषयक वक्तृत्व प्रतियोगितामा प्रतियोगिता पनि सम्पन्न भएको छ । यी दुवै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई स्वर्ण, रजत र कास्य पदक सहित नगद पुरस्कार प्रदान पाकिस्तानी राजदूत अबरार एच हाश्मीले प्रदान गरेका थिए ।

राजदूत हाश्मीले सहभागी विद्यार्थीहरूको आलोचनात्मक सोचको प्रशंसा गर्दै भविष्यका चुनौतीहरूलाई आत्मसात गर्न आह्वान गरे। राजदूतले दुई देशबीचको युवा अन्तरक्रियाको महत्वलाई चिरस्थायी पुलको रुपमा उजागर गरे । प्रतियोगितामा ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीसम्म नेपाली विद्यार्थीहरुको राम्रो संख्यामा सहभागिता रहेको थियो ।