बजेटमा भेदभाव र पक्षपात भयो : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले ५१ प्रतिशत बजेट ३ जिल्लामा केन्द्रित गराइएको बताएका छन् । बिहीबार ३ मन्त्रालयका लागि विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै केसीले यस्तो बताएका हुन् ।

“५१ प्रतिशत बजेट ३ जनाको भागमा छ । यस्तो बजेटमाथि के छलफल गराइराखेको रु छलफल नै गर्ने भए, बजेट कटौती नै गर्ने भए गोरखा, डडेलधुरा र नुवाकोटमा लगाइएको ५१ प्रतिशत बजेट कटौती गर्नुपर्छ । ५१ प्रतिशत बजेट ३ जनाको भाग अनि बाँकी अरु सांसदहरूको पक्षमा । यस्तो पनि हुन्छ कहीँ ?,” केसीले भनेका छन् ।

त्यसअघि उनले भने “कुराजस्तो कुरा गरौँ भने चित्त फाट्ने, नाचजस्तो नाच गरौँ भने घाँगर फाट्ने । यस्तै भयो । भन्दाखेरि के भन्ने, नभनौँ आफैँलाई उकुसमुकुस हुने । बजेटमा यस्तो भेदभाव, पक्षपात हुन्छ ?”