आज कस्तो छ सुनचाँदीको भाउ ?

काठमाडौं । दुई दिन घटेको सुनको मूल्य साताको अन्तिम कारोबार दिन आज शुक्रबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ बढेर एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ प्रतितोला एक लाख ११ हजार २५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी एक हजार ४०५ रूपैयाँमा कारोबार भएको थियो ।