बालेनको चेतावनी पछि ‘आदिपुरुष’ मा सीताबारे राखिएको विवादास्पद संवाद सच्याइयो

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा माता सीताबारे राखिएको विवादास्पद संवाद फिल्म निर्माताले हटाएका छन् । ‘सीता भारतकी छोरी’ भनी राखिएकोे संवाद नेपालमा विवादास्पद भएपछि निर्माताले हटाएका हुन् ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह उर्फ (बालेन) ले संवाद नसच्याए काठमाडौंमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने चेतावनी दिएकाले फिल्मबाट उक्त संवाद हटाइएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मेयर शाहले बिहीबार फेसकुबमा स्टाट्स राख्दै चलचित्र आदिपुरुषमा रहेको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने विषयलाई तीन दिन भित्र नसच्याए काठमाडौं महानगरभित्र कुनैपनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका थिए ।

यस्तै, चलचित्र बोर्डले पनि उक्त विषयलाई लिएर नेपालमा सेन्सर रोकेको थियो । धार्मिक कथामा आधारित ‘आदिपुरुष’ आजदेखि प्रदर्शनमा आउँदैछ ।