भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढाएर सूची पठाएको छ । पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा ३७ पैसा बढेर आएको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले जानकारी दिए ।

हरेक महिनाको १ र १६ तारिखमा आइओसीले मुल्य सूची पठाउँदै आएको छ । एक तारिकमा सबैको मुल्यसूची आउने भएपनि १६ तारिकमा भने पेट्रोल र डिजेलको मात्र मूल्य समायोजन भएर आउने गरेको छ ।

हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १५५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।