विश्वकप छनोट : भुर्तेलपछि आशिफको पनि अर्ध शतक

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालका लागि आशिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन्।

जिम्बाबेको हरारे रंगशालामा भइरहेको खेलमा नेपाली प्रारम्भिक ब्याटरले उत्कृष्ट प्रदर्शन गरेका छन्। आजको खेलमा यसअघि कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका थिए।

त्यसलगत्तै अर्का प्रारम्भिक ब्याटर आसिफले पनि अर्धशतक प्रहार गरेका हुन्। एकदिवसीय क्रिकेटमा यो उनको नवौं अर्धशतक हो।

उनले ८२ बलमा अर्धशतक प्रहार गरेका हुन्। जसमा चार चौका प्रहार गरे। नेपाल २८ ओभरमा १५० रन बनाएको छ।