जिम्बावेविरूद्ध ऐतिहासिक शतक बनाउन जम्मा एक रनले चुके कुशल

काठमाडौं । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओनपर कुशल भुर्तेलले ऐतिहासिक शतक प्रहार गर्न एक रनले चुकेका छन्।

उनी ९९ रनमा ३१.५ ओभरमा मासाकाज्दाको बलमा बोल्ड भए। उनले ९५ बलमा ९९ रन जोड्ने क्रममा १३ चौका र २ छक्का प्रहार गरे। उनी आउट हुँदा नेपालले १७१ रन जोड्यो। उनलाई आसिफ शेखले ६५ रन बनाएर साथ दिए।

१७१ रनको साझोदारी नेपालका लागि समग्र र पहिलो विकेटका लागि कीर्तिमानी हो।

यसअघि कुशलले १ रनमा जीवनदान पाएका थिए। विकेट पछाडि उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।