समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिक, श्रम विभाजन विभेदपूर्ण

काठमाडौं । नेपालमा सामाजिक समावेशिता र लैङ्गिक समानतालाई मध्यनगर गर्दै समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिक गरिएको छ ।
सगुन संस्थाको आयोजनामा भएको अनुसन्धानको नतिजा सार्वजनिकीकरण कार्यक्रममा त्रिभुवन बिश्वबिद्यालय, मानव शास्त्र, केन्द्रिय बिभागका प्रमुख अन्वेषक डा.मुक्त सिहं लामाले अनुसन्धानबाट प्राप्त नतिजाको बारेमा प्रकाश पारेका थिए । सर्वेक्षण मुलुकभरका ३५ जातजातीका हरेक १०० घरका महिला र पुरुष गरी ३५०० परिवारसँग गरिएको कुराकानी तथा प्रश्नउत्तरका आधारमा गरिएको लामाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

गएको २० वर्षको अवधिमा महिलाहरु पनि घर बाहिर काम गर्न थालेको, पढेलेखेको भएपनि रोजगारी पाउन मुश्किल भएको, श्रम विभाजनको लैङ्गिक धारणा परम्परागत सोचमा आधारित भएको समेत सर्वेक्षणले देखाएको छ । सोही कारण ७५ प्रतिशत महिला घरायसी काममा नै बढी देखिएको छ भने महिलाहरुका लागि समयको निकै नै अभाव देखिएको छ ।

सर्वेक्षणमा समयको प्रयोगका विषयमा आम्दानी हुने काममा उपयोग गरिने समय, घरायसी काम, बालबालिकाको स्याहारमा दिने समय, स्वयंसेवकका रुपमा समाजमा दिएको समय , व्यत्तिगत सुरक्षका लागि छुट्याएको समय समेतलाई आधार मानिएको छ ।सोही आधारमा पुरुषहरुले घरायसी कामका लागि दैनिक २ छुट्याएको समय समेतलाई आधार मानिएको छ ।

सोही आधारमा पुरुषहरुले घरायसी कामका लागि दैनिक मुश्किलले २ घण्टा प्रयोग गरिएको देखिएको छ भने महिलाहरुले ६ घण्टा उपयोग गरेको सर्वेक्षणले देखाएको छ ।

त्यस्तै जति गरिव हुँदै गयो त्यत्तिनै समयको अभाव एवं कम फुर्सद हुने र धनी व्यक्तिहरुको समय धेरै र फुर्सद अत्यधिक हुने गरेको सर्वेक्षणको तथ्यांकमा उल्लेख गरिएको छ।

समयको प्रयोग सम्वन्धी सर्वेक्षणले नेपालमा श्रम लैङ्गिक हिसावले श्रम विभाजन अन्याय पूर्ण रहेकोले कानू र शिक्षाका माध्यमबाट विभेदकारी श्रम विभाजनको अन्त्य गरिनु पर्ने समेत सर्वेक्षणको नतिजामा उल्लेख गरिएको छ । अनुसन्धान कार्यमा त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रिय विभागका डा सहप्राध्याक जीवन पौडेल र प्राध्यापक विनोद पोख्रेल पनि संलग्न भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।