बालेनको एक्सन पछि काठमाडौंमा आएनन् भारतीय चलचित्र प्रदर्शनमा

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेनको एक्सन पछि महानगरभित्र आज कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा आएको छैन । महानगरको यस्तो कदम पछि कुनै पनि सिनेमा हलमा भारतीय चलचित्र प्रदर्शनीमा नराखिएको हो ।

भारतीय चलचित्र आदिपुरुषमा राखिएको ‘सीता भारतीय चेली हुन्’ भन्ने वाक्यांश मूल रूपमा नहटाएसम्म महानगरले काठमाडौंभित्र कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न नदिने निर्णय हिजो गरेको थियो । उक्त निर्णय लागू गराउन महानगर प्रमुख बालेन्द्र शाहले हिजै नगर प्रहरी खटाएका थिए ।

महानगरपालिकाका प्रमुख शाहको निर्देशनपछि नगर प्रहरीले सबै हलमा पुगेर भारतीय फिल्म प्रदर्शन नगर्न निर्देशन दिएको थियो । काठमाडौं महानगरका ३२ वडाभित्र १७ फिल्म हल छन् ।

ताजा अपडेट