आज घट्यो शेयर बजार

काठमाण्डौ । शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ९४ अङ्कले घटेर दुई हजार ९१ दशमलव ३९ विन्दुमा झरेको छ ।

आज विकास बैंक, फाइनान्स, लगानी, म्युचल फन्ड र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बिमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ७६ वटा कम्पनीका एक करोड २९ लाख कित्ता शेयर चार अर्ब ७४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको २९ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज युनिक नेपाल लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सेन्ट्रल फाइनान्स, लक्ष्मी इक्विटी फन्ड, माउन्टेन इनर्जी, वीपीडब्ल्यू लघुवित्त र मेन्छ्याम हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।